नेपालमा नेटवर्क मार्केटिंग / प्रत्यक्ष बिक्रिको अबधारानाको / सिफारिश पद्दति को विकास क्रम
बास्तबमा, जुनसुकै खालका व्यापार ब्यबसाय भए पनि देशको बिधमान नीति नियम, कर प्रणाली र उपभोक्ता हक हितमा हुने गरी व्यवस्थित गरिएको हुनु पर्दछ, संगसंगै समग्रमा देशको अर्थतन्त्र प्रति दिगोरूपमा सकारात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्ने सोच र पारदर्शी योजना पनि भएको हुनु पर्दछ ! अन्यथा, तत्कालका लागि फाइदाजनक देखिए पनि कालान्तरमा प्रत्युत्पादक हुन सक्दछ ! उपभोक्ताहरुले पनि बस्तु वा सेवाको उपभोग गर्नु भन्दा अगावै यस्ता पक्षहरुमा दृस्टी पुर्याउनु बुद्धिमानी हुन सक्दछ !
नेपालमा नेटवर्क मार्केटिंग व्यापार तराइका जिल्लाहरुमा क्रस बोर्डर कन्सेप्ट को आधारमा भित्रिएको पाइन्छ . नेपाल र भारतबीच खुल्ला सिमानाको कारण एमवे लगाएत केहि भारतीय नेटवर्क कम्पनिहरुको व्यापार सिमानाका ठेगानाहरु राखेर पनि नेपालमा शुरु भएको थियो भने काठमाडौँमा लगभग १९९७ तिर हंगकंगबाट प्रवासी नेपाली मार्फत भित्रिएको थियो ! मानवीय संजालको माध्यमबाट गरिने व्यापार भएको हुनाले बिदेशमा बस्ने वा काम गर्ने नेपालीहरुले आफ्ना नातागोता वा सथिभाइहरुलाइ सिफारिस गर्दै यस्ता खालका व्यापार देशभित्र भित्रिने र झाँगिने क्रमको विकास हुन थाल्यो ! त्यस बखत एमवे , गोल्डक्वेष्ट, एफ आइ सी , डियो सफ्ट, मोदी केएर लगाएत अन्य साना ठूला विभिन्न खालका यस्ता व्यापारको नेपालमा चलखेल सुरु भयो ! सुरु सुरुमा नयाँ खालको व्यापार भएको हुनाले कहिंकतै यसको चर्चा परिचर्चा भएन ! एक त सहजै व्यापार अगाडी बढ्ने देखेर यस्ता कम्पनीहरु नेपालमा व्यापार गर्न अग्रसर भए ! तर, जब यसको बारेमा चर्चा शुरु भयो नयाँ पद्दतिको व्यापार भएको हुनाले आम नागरिक लहैलहैको भरमा आफ्ना मान्छेलाई बिश्वास गरेर लागे भने राज्य मौन बस्ने काम गर्यो ! निर्बिबाद ३ वर्ष सम्म यस्तो व्यापारमा आएको तीब्रताको कारण करोडौ, अरबौ रुपियाँ बिदेशिन गयो ! गैरकानुनीरुपमा व्यापार गरेको हुनाले देशको अर्थतन्त्रमा नकारात्मक असर परि सकेको थियो ! यी कुराहरुलाई ध्यानमा राखेर यस्ताखालका व्यापार व्यवसायलाई कानुनी दायरामा ल्याउन सबै तिरबाट माग भैरहेको र सरकारी पक्षबता पनि पहल भैरहेको बेला पुन: कानुनी दायरामा आउने पहल कुनै कम्पनीबाट भएन ! यसको कारण सृजित नकारात्मक पक्षहरुले एउटा राम्रो र विश्वबजारमा प्रभावकारी रुपमा साबित भएको बजरिकरंको पद्धतिमाथि ठुलो लान्छना लग्न पुग्यो र आम उपभोक्तालाइ सामाजिक अपराधकै रुपमा बोध गरायो ! यस्तो परिस्थितिकै कारण आज सम्म पनि नेटवर्क मार्केटिंग प्रति राज्य र जनताको धारणा सकारात्मक बन्न सकिरहेको छैन !
त्यसपछि , परिस्थिति प्रतिकूल रहे पनि केही नेपाली नागरिकहरुले नेटवर्क मार्केटिंग व्यापार र यसका सकारात्मक पक्षहरु व्यक्ति, समाज तथा राष्ट्रको लागि आबश्यक भएको ठान्दै, यो बिग्रदो अर्थतन्त्रको विकल्प पनि हो भन्ने बास्तविकतालाई आत्मसात गरेर स्वदेशी बस्तुहरुको बिश्वबजारिकरण गर्ने यो प्रभावकारी मध्यम हुन सक्दछ र नेपालकै लागि पनि धेरै पक्षहरु बाट लाभप्रद हुन सक्छ भन्ने दिर्धकालीन सोचको साथ देशको प्रचलित कानुनी मान्यता अनुरूप केहि नेपाली नेटवर्क मेर्केटिंग कम्पनीहरुको स्थापना भयो ! त्यसपछि, नेपाली कम्पनीहरुको नक्कल गर्दै छद्मभेषी रुपमा बिदेशी कम्पनीहरुको चलखेल पुन: बढ्न थाल्यो ! नेपालमा हालसम्म पनि स्पष्ट वाणिज्य कानुन विकाश भइ नसकेकोले भएको कानुनलाई जतापनी मोड्न सक्ने देखेर डमी कम्पनीहरु खोलि अबैधानिक रुपमा कारोबार गर्न शुरु भयो ! यस्ता कम्पनीको चलखेल यद्धपि छदैं पनि छ ! यसरि एकातर्फ , नेटवर्क मार्केटिंग स्थायित्वका बारेमा चर्चा परिचर्चा सुरु भएको अवस्था र अर्कोतर्फ, बिदेशी कम्पनीहरुको चलखेल बढेर पुन: नकारात्मक परिस्थितिको जन्म हुन नदिन नेपाली ब्यबसायी हरु प्रतिबद्ध हुन आबश्यक छ भन्ने बस्ताबिकताको बोध समेत विकास भएको छ ! राज्य र उपभोक्ता तथा करोडौको नेपाली लगानीको सुरक्षार्थ तथा नेटवर्क मार्केटिंग कम्पनीहरुको सस्थागत विकाश, सकारात्मक पक्षहरुको सुदृढीकरण गर्दै पारदर्शी योजनाका साथ अगाडी बढ्ने गर्ने क्रममा छाता संगठनको आबश्यकता महसुस गरि नेटवर्क व्यवसायीहरुको हकहितको रक्षाका लागि नेपाल डाइरेक्ट सेल्स एसोशिएसन को गठन पनि भएको छ .
के गर्नु NDA ले मात्र नचल्दो रहेछ । अव त नेपालमा कानुनी रुपमा नेटवर्क चल्नलाई WFDSA मा नेपाल Registration हुनुपर्छ ।
जवाब देंहटाएंभिजन पुनमगर रोल्पा