'नेटवर्क मार्केटिंग' यो शब्द सुन्न साथ हिजो को दिनमा मानिसहरु झसङ्ग हुने स्तिथि सिर्जना भयो अझै हुन सक्छ ! परम्परागत रुपमा नेटवर्क को सुरुवात पहिला देखी नै भए पनि नेटवर्क मार्केटिंग को विधिवत सुरुवात सन् १९५८ देखि भएको मान्न सकिन्छ किन कि सन् १९४९ मा स्थापना भएको Nutralite भन्ने भिटामिन कम्पनी लाइ नै सन् १९५८ मा गएर J Van Andel र Rich Devos ले Amway मा परिणत गरेर विधिवत नेटवर्क मार्केटिंग को सुरुवात गरेका हुन् ! त्यसैले नेटवर्क मार्केटिंग को जन्म दाता J Van Andel र Rich Devos लाइ मान्न सकिन्छ ! अमेरिका मा पनि सन् १९५८ देखि १९७८ सम्म को अबधि नेटवर्क मार्केटिंग को लागि राम्रो वर्ष हरु रहेन त्यो अबधि मा त्यहाँ यो नेटवर्क मार्केटिंग ले मुद्दा समेत धाउनु पर्यो ! जब मुद्दा जितेर सन् १९७८ मा फेडरल ल बन्यो त्यस पछि यो Amway कम्पनी संसार भरि नै फैलिएर व्यापार गरि रहेको छ ! यति मात्र हैन अहिले Amway सहित हजारौ American नेटवर्क कम्पनी हरुले अमेरिका को सम्पूर्ण व्यापार को ३०% हिस्सा ओगट्न सफल भएका छन् ! फिलिपिन्स जस्तो देश ले नेटवर्क व्यापार बाट प्रसस्त फाइदा लि रहेको छ ! नेटवर्क व्यापार को अभ्याश को कुरा गर्ने हो भने छिमेकि मुलुक भारत र चीन मा कस्तो प्रकार ले नेटवर्क मार्केटिंग कसरि चली राखेको छ भनेर हेर्न सकिन्छ ! तर हाम्रा दक्षिण र उत्तरका छिमेकि मुलुकले गरिरहेको अभ्यास लाइ नदेखेको जस्तो गरेर नेपालमा नेटवर्क मार्केटिंग को बारेमा नकारात्मक कुरा गर्ने मानिस हरुको जमात धेरै छन् अझ सर्व साधारण मानिस भन्दा पनि यहाँ का paper media सबै भन्दा ज्यादा नकारात्मक देखिन छन् जसले नेटवर्क को शक्ति प्रयोग गरेर दिन दुइ गुना रात चार गुना प्रगति गरि राखेका छन् ! आज हामी नेटवर्क मार्केटिंग को जतिसुकै नकारात्मक कुरा गरौ र नेपाली नेटवर्क मार्केटिंग लाइ यहाँ स्थापित हुन नदिउ , बाहिर बाट बिदेशी नेटवर्क मार्केटिंग कुनै कुनै रुपमा यहाँ आएर नेपाली हरु लाइ आबद्ध गराएर यहाँ को पैसा विदेश लगी छाड छन् ! यो राज्यले रोक्न सक्दैन अनि अनुगमन फित्तलो भएको ले धेरै मानिस हरु आबद्ध भै सके पछि मात्र राज्य ले थाहा पाउछ त्यति बेला सम्ममा लाखौ मानिस हरु नेटवर्क मा जोडिई सकेको हुन्छ अनि राज्यले त्यो नेटवर्क बन्द गर्दा लाखौ मानिस लाइ नराम्रो असर पर्न जान्छ !
यो संसारमा कुनै पनि यस्तो कुरा छैन जसमा राम्रो अनि नराम्रो पक्ष्य नहोस, यो सत्य मात्र हैन ध्रुब सत्य हो ! जस्तो कुकर को नराम्रो पक्ष्य पड्किएर ज्यान जान सक्छ भने राम्रो पक्ष्यमा यसले खान पकाउदा छिटो हुन्छ अनि खाना लयालु मिठो हुन्छ ! जस्तो गाडीको राम्रो पक्ष्य हामीलाई जान पर्ने ठाउ मा सजिलै छिटो पुर्याउछ तर दुर्घटना भएर मर्न सकिन्छ र अरुलाई पनि मर्न सक्छ ! यस्तै जुन सुकै कुरा को पनि राम्रो पक्ष्य छ अनि नराम्रो पक्ष्य पनि छ ! आज सम्म प्रत्यक कुराको नराम्रो पक्ष्य भए पनि त्यसमा भएको राम्रो पक्ष्यलाइ मात्र अंगालेर मानिस हरु अगाडी बढी राखेका छन् यो सत्य मात्र हैन ध्रुब सत्य नै हो ! कुनै पनि कुरा को गुण र अबगुण मा गुण ज्यादा रहेछ भने त्यसलाई प्रयोग गरेर हामी अगाडी बढ्न सक्छौ अनि त्यसलाई प्रयोग गरेर अगाडी बढ्नु पनि पर्छ, त्यसलाई प्रयोग गरेर अगाडी बढी नै रहेका छौ यसका सयौ उदाहरण हरु छन् ! अब हामीले सोच्नु पर्ने कुरा चै त्यो बस्तु लाइ कसरि प्रयोग गर्दा हामी, हाम्रो समाज र हाम्रो देश कसरि अगाडी बढ्न सक्छ ? त्यसैले आज नेटवर्क मार्केटिंग या प्रत्यक्ष्य बिक्रि को यो अब धारणा लाइ कसरि प्रयोग गर्ने जसले हामी, हाम्रो समाज अनि हाम्रो देशको भलो हुन्छ ?
आज को यो बिश्वो ब्यापिकरण को युगमा कुनै पनि कुरा एउटा देशले रोक्छु भनेर रोकेर साध्य छैन ! त्यसमा पनि WTO को अबधाराना अनुसार त कुनै पनि बस्तुलाई सदश्य राष्ट्रले प्रवेश दिनै पर्छ ! त्यसैले कुनै पनि कम्पनी व्यापार गर्ने बहानामा यहाँ आएर आफ्नो नेटवर्क ( संजाल) फैलाउन सक्छ, राज्यले रोक्न सक्दैन ! किन कि त्यो कम्पनी समान आयात गर्ने अनुमति लिएर छिर्छ यहाँ अनि नेटवर्क मार्केटिंग को योजना देखाएर मानिस हरुलाई आबद्ध गराउन थाल्छ ! अनुगमन फित्तलो भएको कारणले लाखौ मानिस आबद्ध हुदा सम्म राज्यले थाहा पाउदैन ! त्यसैले राज्यले यसलाई रोक्ने भन्दा पनि यसबाट कसरि ज्यादा भन्दा ज्यादा आम मानिसको फाइदाको लागी, देशको फाइदाको लागी प्रयोग गर्न सकिन्छ ? सोचेर एन, नियम बनाएर नेटवर्क मार्केटिंग लाइ एउटा परिधि भित्र राखेर संचालन गर्न दिय, आम मानिस ठगिने थिएनन् अनि राज्य ले पनि प्रसस्त फाइदा लिने थियो !
आज बाणिज्य विभागले जारी गरेको नेटवर्क मार्केटिंग को निर्देशिका २०६६ अनुसार जम्मा ४ वटा नेटवर्क मार्केटिंग कम्पनी हरुलाई मात्र अनुमति दिइएको छ तर इ चार वटा नेटवर्क मार्केटिंग बाहेक पनि थुप्रै नेटवर्क मार्केटिंग हरु संचालन भै राखेको छ, खै त नेटवर्क मार्केटिंग रोकिन सक्यो त सकेन ! बेधड़क उद्देस्य व्यापार गर्ने या आयात निर्यात गर्ने छ तर काम चै नेटवर्क मार्केटिंग को गरि राखेका छन् , किन भयो त यस्तो ? किन कि ति नेटवर्क मार्केटिंग संचालन गर्ने लाइ थाहा छ अनुगमन हुदैन जे दर्ता गरेर पनि नेटवर्क को योजना संचालन गर्न सकिन्छ, हो पनि कम्पनी रजिस्ट्रार को कार्यालयको काम त दर्ता गर्ने न हो अनुगमन गर्ने काम त पशुपतिनाथ को जस्तो छ ! अनि कम्पनी रजिस्ट्रार मा दर्ता नै सबै कुरा हैन त्यसपछि पनि कुन प्रकृति को व्यापार हो त्यहि अनुसार बाणिज्य या उद्योग मा अनुमति पनि त लिनु पर्ने हो खै त कसैले लिए जस्तो छैन ! यो कुरा सर्ब साधारण लाइ थाहा नै छैन अनि जब यो कुरा थाहा हुन्छ त्यति बेला सम्म लाखौ मानिस बिग्री सकेका हुन्छन ! यति बेला सम्म राज्य को अनुगमन र नियमन गर्ने निकाय चै धिर्तराष्ट्र जस्तो आँखा बन्द गरेर बसी राखेका हुन्छन अनि बिग्रे पछि एकै ताल सबै नेटवर्क मार्केटिंग लाइ एकै आँखाले हेरेर नकारात्मक धारणा बनाउ छन्, कस्तो गजब !
नेटवर्क मार्केटिंग लाइ जति सुकै बक्र आँखाले हेरे पनि "नेटवर्क" त सबैले प्रयोग गरेरै सफलता हात पारेका छन् यो त ध्रुब सत्य हो ! चाहे त्यो सानो ब्यापारी होस् चाहे त्यो राजनीतिक नेता होस् चाहे त्यो राज्य कै सेवामुखी सस्था किन नहोस जहाँ तही नेटवर्क प्रयोग गरेर सफलता हात परेको छ, नेटवर्क ले गर्दा सेवा बिस्तारमा सरलता भएको छ ! जस्तो एउटा नेता एक्लै नेता हुन सक्छ यदि उसको कार्यकर्ता छैनन् भने के उसको कार्यकर्ता नेटवर्क हैन? त्यो कार्यकर्ता को नेटवर्क को शक्ति ले एउटा नेता सफल हुन्छ यदि उ एक्लै छ भने उ केहि पनि हैन ! त्यसैले नेटवर्क मा सक्ति छ सफल बनाउने, नेटवर्क मा शक्ति छ बढोत्तरी गर्ने, नेटवर्क मार्केटिंग मा यहि शक्ति प्रयोग गरेको मात्रै हो सफलता को लागी अनि नेटवर्क मार्केटिंग या प्रत्यक्ष्य बिक्रीको भनेर नया बस्तु वितरणको प्रणाली को विकास गरेको मात्रै हो !
nepal ko ain kanoon sambidhan ma yo network sambandhi ko bidhan lekhino parda cha,sathai aayetit network lai prathamik dinu uchit hodaina.Soudesi network lai prohutsan dine niti niyam tatha kanoon ko khacho cha.
जवाब देंहटाएं