सपना र परिवर्तन


आज संसार यसरी परिवर्तन भै राखेको छ कि आज को कुरा नहेरी भोलि केहि हेर्छु भनेर बस्ने मान्छे ले आज को कुरा भोलि केहि देख्न पाउदैन त्यो आर्कै रुपमा परिवर्तन भै सकेको हुन्छ ! यसरी हरेक कुरा चाडो चाडो परिवर्तन भै राखेको छ कि कोही पुरानै ढर्रा मा चली राखेको छ भने त्यसले केहि पनि गर्न पाउदैन उ पछाडी परि हाल्छ ! आज प्रत्यक मानिस परिवर्तन को लागि आफ्नो जीवन अनि आफ्नो परिवारको जीवन परिवर्तन गर्नको लागी दिन रात एक गरेर लागी परि राखेका छन् ! परिवर्तन त चाहन छन् तर  कस्तो परिवर्तन त ? आर्थिक परिवर्तन, सामाजिक परिवर्तन मानिस को चाहना हो ! बास्तव मा प्रत्यक मानिस संग आफ्नो जीवन जिउने एउटा अलग सपना हुन्छ चाहे त्यो जस्तो सुकै मानिस किन नहोस ! यहि सपना ले मानिस हरु को परिवर्तन निश्चित गर्छ, यहाँ एउटा विद्वानको भनाइ  सान्धर्भिक  छ :
 "सपना बिना परिवर्तन सम्भव छैन अनि आशा र बिश्वाश बिना सपनाको केहि अर्थ छैन"  
                                                                                      पाउलो फेरी , प्रख्यात चिन्तक
त्यसैले कसै को सपना सानो हुन सक्छ भने कसैको सपना ठुलो तर सपना सबैले देख्नै पर्छ परिवर्तन को लागि ! आजको यो सुबिधा सम्पन्न संसारमा हामी जिउने अबसर पाएका छौ जसको परिवर्तन हाम्रा पुर्खाले देखेको सपनाले गर्दा भएको हो यो निर्बिबाद छ , कसैले यस लाइ नकार्न सक्दैन ! विचार गर्नुहोस त यदि राइट बरदर्सले चरा जस्तै उड्ने सपना नदेखेको भए आज अमेरिका जान परे कति दिनमा पुगीन्थियो होला?, थोमस एल्बा एडिसन ले संसारलाई  उज्यालो   बनाउने सपना नदेखेको भए आज पनि हामी टुकी बालेर नै बस्ने थिउ होला ! आज जति पनि परिवर्तन भएर हामी ले त्यो परिवर्तन बाट भएको प्रबिधि  को उपभोग गरि राखेका छौ, हाम्रा पुर्खा हरुको त्यो परिवर्तन को उत्कट इच्क्षा र सपना ले नै सम्भव भएको हो ! त्यसैले सपना बिना परिवर्तन सम्भव छैन यो त पक्का हो ! कस्तो परिवर्तन चाहियो सपना देख्नु नै पर्यो अनि जस्तो सपना  देख्यो त्यस्तै परिवर्तन हामी पाउछौ यो पनि निश्चित हो ! कसैले सानो सपना देख्छ उसले त्यस्तै परिवर्तन पाउछ भने कसैले ठुलो सपना देख्यो भने ठुलै परिवर्तन पाउछ ! अब हामीले निश्चित गर्ने हो हामीलाई कस्तो परिवर्तन चाहिएको छ, हाम्रो सपना के हो ? अनि हामीले त्यो परिवर्तन को लागि योजना बनाएर अगाडी बढ्यौ भने, भने  जस्तो देखेको सपना जस्तो परिवर्तन सम्भव छ ! त्यसैले सपना परिवर्तन को पहिलो खुड्किलो नै हो, सपना बिना परिवर्तन सम्भव नै छैन ! जति ठुलो सपना हुन्छ त्यतिकै ठुलो परिवर्तन पाइन्छ ! आर्थिक रुपमा कुरा गर्ने हो भने एउटा भनाइ छ " पैसा कमाउन को लागि पैसा चाहिदैन  अनि पैसा कमाउनको लागि शिक्षा पनि चाहिदैन, पैसा कमाउनको लागि ठुलो सपना चाहिन्छ" ! बास्तबमा  नै यदि आर्थिक रुप मा परिवर्तन चाहियो हामीलाई भने सपना देख्नु पर्यो ठुलो सपना अनि हामी ले त्यो बाटो देख्छौ जसले हामीलाई परिवर्तन गराउ छ ! यो सपना लाइ हामी परिकल्पना पनि भन्न सक्छौ के हो त यो परिकल्पना ? हामीलाई जीवन मा के गर्नु छ ? कस्तो जीवन हामी चाहन्छौ? आर्थिक  रुपमा हामी कस्तो जीवनको कल्पना  गर्छौ? सामाजिक रुपमा हाम्रो जीवन कस्तो होस् भन्ने चाहन्छौ? यी कुरा हरुको एउटा सपना नै परिकल्पना पनि हो यसै ले हामीलाई परिवर्तन को बाटो मा अगाडी बढन प्रेरित गर्छ र हामी हाम्रो जीवन मा परिवर्तन गर्छौ , सपना अनुसार ! किन कि हामीले देख्ने सपना र त्यहि सपना को भर मा गरिने कार्य ले नै हाम्रो परिवर्तन निर्धारण गर्छ ! परिवर्तन को कुरा गर्ने हो भने हामी साधारणतया ३ तिन किसिम को परिवर्तन पाउछौ !
१, टालटुले परिवर्तन
२, बिस्तारै निरन्तर हुने परिवर्तन
३, आमूल परिवर्तन
संसारका सबै मानिस हरु यहि ३ तिन किसिम को परिवर्तन को घेरा भित्र पर्छन चाहे त्यो जुन सुकै पेशा मा भएका मानिस हुन् !

                                                                                                       

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें