नेटवर्क व्यापार र हामी



        आज हामी २१ शताब्दीमा हिनी रहेका छौ ! आजको युग सूचना प्रविधिको युग, सूचना प्रविधिले एती विकास गरि सकेको कि आज एउटा  माउसको  क्लिकको भरमा संसार नै हाम्रो सामु आइ पुग्छ ! अहिले कुनै यस्तो क्षेत्र छैन जसलाई सूचना प्रविधिले असर नगरेको होस् , के सरकारी कार्यालय , के व्यक्तिगत कार्यालय जहाँ तही सूचना प्रबिधिको प्रयोग गरि कार्यालय को कार्य हरु चुस्त बनाइएको ! हिजोको टाइप राइटरलाइ आज को कम्प्युटरले बिस्थापित गरि सकेको ! यसरि दिनानु दिन संसार प्रविधिको चरम विकासले सजिई रहेको !
       त्यस्तै ब्यापारको क्षेत्रमा पनि प्रविधिले तिब्रतर असर गरि रहेको ! हिजोको समान साटा साट यानेकि बार्टर सिस्टम बाट सुरु भएको व्यापार विभिन्न चरण हरु पार गर्दै - मार्केटिंग, -कमर्स मा आइपुगेको ! आजको दिनमा आजको यो ब्यस्त जीवन मा तपाईलाई फुर्सद छैन भने चिन्ता नगरे हुन्छ, हामी घरमा बसेर नै हामीले चाहेको बस्तु खरिद गर्न सक्छौ ! त्यति मात्र हैन यो प्रविधिको अधिकतम प्रयोगले हामी लाइ अबसर पनि उत्तिकै दिएको
       यहि सूचना प्रविधिलाई प्रयोग गरेर बस्तु वितरणको नया तरिका प्रयोग गरेर पुरानो विभिन्न च्यानेल हरु पार गरेर प्राप्त गरिने बस्तु वितरण को प्रक्रिया परिवर्तन गरि डाइरेक्ट सेलिंग ( नेटवर्क मार्केटिंग) को अबधाराना सुरु भएको ! यसमा बिचमा हुने च्यानेल चरण हरु नराखी सिधै ग्राहक लाइ नै बस्तु उपलब्ध गराइनछ ! अनि बस्तु प्रयोग गर्ने ग्राहक नै यसका वितरक पनि हुन्छन , आफुले पाएको संतुष्ठी अरुलाई पनि सिफारिस  गरेर आबस्यक बस्तु खरिद गर्न अनुरोध गरिन्छ अनि त्यो अर्को ग्राहकले  आबस्यक बस्तु खरिद गरि सके पछि शिफारिस गर्ने ग्राहक लाइ एउटा निश्चित प्रतिसत मुनाफा दिईन्छ , यसरि सिफारिस पछि प्रत्यक आबद्ध हुने व्यक्ति लाभान्वित हुदै जान्छन ! यसरि ग्राहक हरु एक अर्का जोडिदै जादा एउटा ठुलो संगठन बन्न जान्छ, एउटा नेटवर्क बन्न जान्छ ! नेटवर्कको शाब्दिक  अर्थ भन्ने हो भने संजाल हुन्छ अनि 'नेटवर्क' यस लाइ अर्थ लगाउने हो भने नेट भनेको जालो अनि वर्क भनेको कार्य हुन्छ ! अर्थात् जालो भित्र बसेर गर्ने कार्य ! भने पछि नेटवर्क मार्केटिंग मा मानिस हरु आबद्ध हुदा एक अर्का जोडिएका हुन्छन एउटा जालो बन्न जान्छ ! एउटा संगठन बन्न जान्छ, जसको परिणाम संगठनको शक्तिले मानिस हरु कार्य गर्छन ! त्यसैले निसन्देह   जना मान्छेले गरेको भन्दा सशक्त कार्य अटोमेटिक हुन जान्छ ! किन कि एक जनाले एक पल्टमा एक जना संग मात्रै व्यापार को कुरा गरेर व्यापार गर्न सक्छ तर नेटवर्कमा सयौ मानिस हरु त्यहि एउटा कार्य एकै पल्ट गरि राखेका हुन्छन ! जस्तो  कुनै एउटा काम गर्न जना मानिस लाइ १० घण्टा लाग्छ भने १० जना मानिसलाइ त्यहि काम गर्न कति समय लाग्छ ? निसन्देह घण्टा मा त्यो काम सकिन्छ ! त्यसैले नेटवर्क मार्केटिंग मा जनाले मात्रै मेहनत गर्नको सट्टा सयौ या हजारौ मानिस ले मिलेर मेहनत गर्ने हो , यो व्यापार सहकारी को सिद्धान्त मा आधारित हुन्छ ! सह कार्य किन ? एक्लैले काम गर्दा मेहनत ज्यादा लाग्छ , समय ज्यादा लाग्छ , आबस्यक औजार अनि पुंजी एक्लै ले जुटाउन गारो हुन्छ विकास ढिलो हुन्छ ! त्यसैले सहकारी याने सहकार्य को शिद्धान्त आएको हो ! यहि शिद्धान्त ब्यापारमा प्रयोग भएको हो ! यहाँ लगानी भन्दा पनि सकारात्मक धारणा, आत्मविश्वास, प्रतिबद्धता, निश्चितता अनि निरन्तरता को आबश्यकता पर्दछ !
नेटवर्क मार्केटिंग या नेटवर्क व्यापार या यो संजाल व्यापारमा आफुले कम्पनी संग लिएको सामान या बस्तु राम्ररी प्रयोग गर्ने अनि त्यो बस्तु या सामान बाट आफुले पाएको सन्तुष्टि अरुलाई सुनाउने या सिफारिस गर्ने  हो ! अनि त्यो बस्तु  अरुलाई पनि चाहिन्छ त्यो सुन्ने व्यक्ति ले त्यो बस्तु खरिद गर्दा अटोमेटिक तरिकाले त्यो सन्तुष्टि सुनाउने या सिफारिस गर्नेको संगठनमा जोडिन जान्छ ! अनि मानिसहरु को जालो निर्माण हुदै जान्छ एक अर्का मिलेर कार्य गर्दै जाँदा नेटवर्क मा रहेको सबै लाइ प्रतिफल प्राप्त हुदै जान्छ ! यसमा लगानी नाम मात्रै को हुन्छ तर यदि कुनै मानिस संग सकारात्मक धारणा , आत्मविश्वास, प्रतिबद्धता, निश्चितता अनि निरन्तरता दिने क्षमता भने लाखौ लगानी गरेर गरिने व्यापार भन्दा राम्रो प्रतिफल नेटवर्क बाट प्राप्त हुन सक्छ !


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें